दुर्गा प्रसाईंले आज सल्लाघारी र भोलि वसन्तपुरमा प्रदर्शन गर्ने

होस्ट खबर १० मंसिर २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज भक्तपुरको सल्लाघारीमा प्रदर्शन गर्ने भएका छन् । सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आईतबार भक्तपुरको सल्लाघारीमा प्रदर्शन गर्ने बताएका हुन् ।

‘भक्तपुरका जनता झक्झक्याउन ठीक १२ बजे भोलि हामीले त्यहाँ कार्यक्रम राखेका छौँ ।’ उनले भने । त्यसपछि भोलि भने काठमाडौँको वसन्तपुरमा प्रदर्शन गर्ने तय भएको उनको भनाइ छ ।

‘सोमबार हामीलाई वसन्तपुरमा कार्यक्रम गर्न अनुमति दियोस् ।’ उनले भने । त्यसपछि कीर्तिपुर र ललितपुरमा कार्यक्रम गर्ने उनले बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्