दुर्गा प्रसाईंको आन्दोलन आजबाट तीनकुनेमा हुने

होस्ट खबर ८ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा बिहिबारबाट सुरु भएको राजा फर्काउने अभियान आजपनि जारी रहने भएको छ ।

जसरी भएपनि यो व्यवस्थालाई नासेर राजा फर्काउने उद्घोष गरेर आजबाट मैदान उत्रिएका प्रसाईंले आजबाट भने तीनकुनेमा प्रदर्शन गर्ने भइका छन् । बिहिबार उनी नेतृत्वको आन्दोलन बल्खु चोकमा भएको थियो ।

प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । करिब १० मिनेट बल्खुमा आफू समर्थकलाई सम्बोधन गरेका प्रसाईँले आजै साँझ आफ्नै घरमा पत्रकार सम्मेलन गर्ने समर्थकहरूले बताएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्