कालिकोटमा गोरु काटेको आरोपमा तीन जना पक्राउ

होस्ट खबर २ मंसिर २०८०, शनिबार
1 Min Read
Aa

सुर्खेत : कालीकोटमा प्रहरीले गोरु काटिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । कात्तिक २५ गते नरहरीनाथ गाउँपालिका–८ मा गोरु काटिरहेको सूचना प्राप्तपछि इलाका प्रहरी चौकी कुमाल गाउँबाट खटिएको प्रहरी टोलीले गोरु काट्ने काममा संलग्न रहेको आरोपमा २६ गते बिहान पक्राउ गरेको हो ।

काग तिहारको साँझ नरहरिनाथ गाउँपालिका–९ को विरौना जङ्गलमा रहेको चदारे खानेपानी ट्याङ्कीनजिकै गोरु काटेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–८ बस्ने अन्दाजी वर्ष २२ का हिक्मत वि।क, वडा ९ बस्ने वर्ष ४० का मिम भन्ने मिनी दर्जी सोही वडा बस्ने वर्ष २४ का लोकेश परियारलाई २६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जङ्गलमा गोरु काटेको सूचना वडा ८ का वडाध्यक्ष लालबहादुर विष्टले दिएपछि प्रहरीले गोरुको टाउकोसहित उनीहरूलाई पक्राउ गरेको बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक थापाले सहरको सिकाइ गाउँमा हुन थालेको बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्