आज धनतेरस पर्व, के के सामान किन्दा लाभ हुन्छ ?

होस्ट खबर २४ कार्तिक २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ  : धनतेरस पर्व कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।

यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँछन् ।

धनतेरसमा के किन्ने ?

  • धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो
  • गणेश लक्ष्मीको मूर्ति
  • माटो वा फलामको दीयो ।
  • धन यन्त्र
  • आर्थिक लाभका लागि पानीका भाडा
  • कारोबारमा विस्तारका लागि धातुको दियो
  • सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली
  • स्वास्थ्य तथा आयुका लागि घन्ट
  • घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा
होस्ट खबर

प्रतिक्रिया दिनुहोस्