आज बि.सं. २०८० साल कार्तिक २१ गते मङ्गलबारको राशिफल

होस्ट खबर २१ कार्तिक २०८०, मंगलवार
5 Min Read
Aa

सुर्खेत : वि. सं. :       २०८० कार्तिक २१ गते मङ्गलबार

इ.सं. :         7th November 2023 (Tuesday)

सूर्योदय:       विहान 06:19 बजे

सूर्यास्त:        बेलुका 17:14 बजे

तिथि :         दशमी (अहोरात्र)

पक्ष :            कार्तिक कृष्णपक्ष

नक्षत्र :          मघा 17:17 सम्म, तत्पश्चात् पूर्वाफाल्गुनी

योग :            ब्रह्म 15:33 सम्म, तत्पश्चात् ऐन्द्र

करण :          वणिज 19:25 सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशि:       सिंह

ऋतु :             शरद्

अयन :           दक्षिणायन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् होसियार रहनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आर्थिक अभावले भने अलि सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला । पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । कुटुम्बको सहयोग प्राप्त होला । व्यापार–व्यवसायमा विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धनजनको आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। यात्राको योग छ । रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेनैछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ। पति र पत्नीबीच असमझदारी बढ्न सक्छ, आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन सावधान रहनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपलब्धी मूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नया काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुुनेछ, वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array