घाइतेको उपचारमा कुनै कमी नहोस: उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का

होस्ट खबर १९ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

सुर्खेत : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेर भूकम्पमा परी घाइते हुनु भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् छ।

उनको सचिवालयले दिएको जानकारी अनुसार उपप्रधानमन्त्री खड्काले घाइतेको स्वास्थ्य अवस्था, अस्पतालबाट पाएको सेवालगायत विषयमा चासो राखेका थिए ।

साथै उपप्रधानमन्त्री खड्काले घाइतेको उपचारमा कुनै कमी नहुन नदिन चिकित्सकहरूसँग आग्रह गरे थिए । सरकारले घाइतेको उपचार निःशुल्क गर्ने निर्णय गरेको जानकारी पनि उनले चिकित्सक र विरामीलाई सुनाए ।

जाजरकोट र रुकुम पश्चिमबाट त्यहाँ २७ जना घाइतको उपचार भइरहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्