जाजरकोटमा १७५ बढी भूकम्पको धक्का

होस्ट खबर १८ कार्तिक २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं : गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पपछि १७५ बढी भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ठुलो भूकम्पपछि चार रेक्टरभन्दा माथिका चार धक्का ९पराकम्प० गएको छ भने चार रेक्टरभन्दा मुनिका १७५ बढी धक्का गएको उहाँको भनाइ छ ।

यस्तै, भूकम्पको अध्ययनका लागि मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डाक्टर अधिकारी भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गर्नुभएको छ । गएराति आएको ६।४ रेक्टर स्केलको भूकम्पबाट सो क्षेत्रमा भएको क्षति र भूकम्पको प्रभावबारे अध्ययनका लागि जाजरकोट हिँडेको उहाँको भनाइ छ । उहाँ केही बेरअघि मात्र काठमाडौँबाट जाजरकोटतर्फ लाग्नुभएको हो ।

खानी विभागका एक सदस्यसहित भूकम्पको अध्ययनका लागि त्यसतर्फ लागेको अधिकारीले बताए । भूकम्प प्रभावित क्षेत्रमा पुगेर भूकम्पको असरबारे अध्ययन गरिने उनले बताए । उहाँले भन्नुभयो, “गएराति गएको भूकम्पको अध्ययनका लागि खानी विभागका एक सदस्यसहित जाजरकोट लाग्दैछौँ, त्यहाँ पुगेर भूकम्पको असरबारे अध्ययन गर्नेछौँ ।” गोरखापत्रबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्