नेपालगन्जबाट पक्राउ परे रिगल

होस्ट खबर १६ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रपतिले गरेको कैद मिनाहा बदर गर्दै योग ढकाल (रिगल) लाई कैद गर्न परमादेश दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको न्यूरोड क्षेत्रबाट रिगललाई पक्राउ गरिएको बाँकेका एसपी सुभास बोहोराले जानकारी दिए ।  बिहीबार सर्वोच्च अदालतले पुन पक्राउ गर्न आदेश गरेपछि अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् ।

गत ३ असोजमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा उनको कैद मिनाहा गरेका थिए । कैद मिनाहा भएपछि दाङको घोराहीस्थित कारागारमा रहेका रिगल कैदमुक्त भएका थिए ।

त्यसपछि रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा आज सर्वोच्चले फैसला सुनाउँदै रिगललाई बाँकी रहेको कैद सजाय दिन भनेको थियो ।

विहीबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाल९रिगल०लाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्