कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

होस्ट खबर १४ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

कालीकोट : जिल्लाको पलाँता गाउँपालिका २ को राडुनेटामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार गाउँपालिकाको राडुनेटाबाट थिर्पु आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पलाँता गाउँपालिका वडा नम्बर(१ का अन्दाजी वर्ष ६५ का शिवचन्द न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो ।

पलाँताको राडुनेटाबाट थिर्पु जाने क्रममा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुँन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा सोही वडाका अर्का नन्दऋषी न्यौपाने घाइते भएको र उनको पलाँता अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

ट्याक्टर दुर्घटना भएको खबर आए लगत्तै जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक तथा सूचना अधिकारी पोषण थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्