टीकाको तेस्रो दिन, टीका ग्रहण गर्ने क्रम जारी

होस्ट खबर ९ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

सुर्खेत : बडादशैँको टीकाको आज तेस्रो दिन ।

आश्विन शुक्ल द्वादशीका दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम जारी छ।

मङ्गलवार मुख्य दिन विजयादशमीमा टीका लगाउन नभ्याउनेहरूले एकादशीदेखि पूर्णिमासम्मै मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ ।

विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि शुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्