नेपालगन्जमा जारी निषेधाज्ञा राति ८ बजेसम्मका लागि हटाइयो, शुक्रबार पुन: निषेधाज्ञा

होस्ट खबर १८ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

बाँके : बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा जारी निषेधाज्ञा आज एक दिभरका लागि हटाइएको छ। बाँकेका प्रमुख शुक्रबार जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिए।

उपमहानगर क्षेत्रभित्र मङ्गलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएकामा आज राति ८ बजेसम्मका लागि हटाइएको हो। यसपछि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत्‌रुपमा उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहनाकाको चार किल्लामा निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ।

स्थानीय प्रशासन ऐनको दफा ३ (क) बमोजिम चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, प्रचारप्रसार सामग्री टाँस्न वा लेख्न नपाइने र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकैठाँउमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्