दैलेखमा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

होस्ट खबर १६ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

सुर्खेत : दैलेखमा टिप्पर दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । दुई जना भने घाइते भएका छन् । तल्लोडुंगेश्वर–दुल्लु सडक खण्डको दुल्लु नगरपालिका–१ टिमेली पानीमा लोड बोकेको टिप्पर दुर्घटनाहुँदा चालकको मृत्यु भएको हो ।

तल्लो डुङ्गेश्वर बालुवा लिएर दुल्लु जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क १९९ नम्बर टिप्पर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको ईलाका प्रहरी कार्यालय जनाएको छ । दुर्घटनामा दुल्लु नगरपालिका–७ घर भएका ३३ वर्षीय चालक भुपेन्द्र थापाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा दुल्लु नगरपालिका–७ बस्ने चन्द्रबहादुर थापा र प्युठानको ऐरावती गाउँपालिका–५ का मुक्तप्रसाद उपाध्याय रहेका इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्णबहादुर डाँगीले बताए।

टिप्परमा सवार अन्य दुई जना घाइते छन् । उनीहरुलाई थप उपचारको लागि दुल्लु अस्पतालले गएराती नै प्रदेश अस्पताल सुर्खेत रिफर गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्