सुर्खेत : वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका ईंलिस मिडियम मावीको होस्टेलमा विद्यार्थी झुण्डिएको अवस्थामा फेला परेको छ । कक्षा २ मा अध्यनरत वर्ष ८ का सलाम पुलामीमगर दुई तला भएको बेडमै झुण्डिएको अवस्था फेला परेका हुन् । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –१ स्थायी घर भएका बालकको आफन्तहरु आईसकेका छन् ।

शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव आफन्तहरुले उठाउन दिएका छैनन् । जसका कारण पोष्टमार्डम हुन सकेको छैन् ।
बालकको मृत्यु शंकास्पद भएको भन्दै आफन्तहरुले होस्टेल घेराउ गरी शव उठाउन दिएका छैनन् । पोष्टमार्डमका लागि शव लैजान नसकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता ९डिएसपी० लक्ष्मण शाहीले बताए । यस विषयमा विद्यालयले कुनै प्रतिक्रिया दिएको छैन् ।












प्रतिक्रिया दिनुहोस्