वीरेन्द्रनगरमा नेपाल बार एशोसिएसनको केन्द्रीय साधारण सभा सुरु

होस्ट खबर १२ आश्विन २०८०, शुक्रबार
0 Min Read
Aa

सुर्खेत : नेपाल बार एशोसिएसनको केन्द्रीय साधारणसभा सुर्खेतमा सुरु भएको छ । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठद्वारा साधारणसभाको औपचारिक उद्घाटन भएको हो । यसपटक आर्थिक वर्ष २०७८/७९ र ०७९/८० गरी दुई वर्षको एकैपटक साधारण सभा हुन लागेको हो ।

उद्घाटन कार्यक्रममा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, कानुन मन्त्री कृष्णबहादुर जिसी पनी सहभागी छन् । कार्यक्रम राजधानीको शुभ होटेलमा आयोजना गरिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्