सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै, आजै फैसला आउनसक्ने

होस्ट खबर ७ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौंमा सुनुवाइका लागि आइतबार सो मुद्दाको पेसी तोकिएको हो । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएकोमा आजका लागि पेसीमा राखिएको छ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसीमा चढिसकेको छ ।

यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेको छ आज फैसला आउन सक्ने आँकलन गरिएको छ।

मुद्दाकै कारण चीनमा भइरहेको एसियाली खेलकुदका लागि नेपाल टिममा परे पनि लामिछाने चीन नजाने भएका छन्।

 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array