गौ हत्याको विरोधमा राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

होस्ट खबर २७ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको विरोधमा आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । गौ हत्याको विरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, संघीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार भृकुटीमण्डपमा सो प्रदर्शन गरिने छ । सो बिरोध प्रदर्शन १२ बजेबाट सुरू हुनेछ । राप्रपाले गौ हत्या बढे पछि बिरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने जनाइएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्