बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय

होस्ट खबर २६ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं,: सरकारले आगामी बिहीबार सार्वजनिक विदा दिने भएको छ । नेकपा ९एमाले० का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सार्वजनिक विदा दिने निर्णय भएको हो ।

७१ वर्षीय नेम्वाङको आज ९मंगलबार० हृदयघातका कारण निधन भएको थियो । उनका दुई भाई छोराहरु नै विदेशमा रहेका र भोलि अपरान्हमात्रै नेपाल आईपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो ।

उक्त दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने समेत निर्णय भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्