बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

होस्ट खबर २३ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

बर्दिया : बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ की एक महिलाको मृत्यु भएको छ । शुक्रवार घर नजिकैको सम्झना सामुदायिक वनमा घाँस काट्न गएका बेला कली बंशी मगरलाई बाघले आक्रमण गरेको थियो ।

दिउँसो करिब एक बजे घाँस काट्न गएकी उनी अबेरसम्म नफर्किएपछि आफन्तहरुले खोजी कार्य शुरु गरेका थिए । खोज्ने क्रममा उनले लगाएको कपडा च्यातिएको अवस्थामा भेटिएपछि नजिकैको शशस्त्र प्रहरीको टोलीलाई खबर गरेर थप खोजी गरिएको आफन्तको भनाई छ ।

मृतकको शव घटना स्थलबाट केही पर बाघले दायाँ हात खाएको अवस्था फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी द्रोणराज शर्माले बताए । शव करिब साँझ फेला परेको थियो ।

मृतक कलीको शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालमा लगिएको छ । विगत देखि खाता क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो छ । गत चैत्र ६ गते दाउरा काट्न गएको समयमा खाता जैविकमार्गमा दुई जना महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्