२० औँ निजामती सेवा दिवस: सरकारले गत वर्षझैँ यो वर्ष पनि भेटेन सर्वोत्कृष्ट कर्मचारी

होस्ट खबर २२ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : २० औँ निजामती सेवा दिवस आज विविध कार्यक्रमगरी मनाइँदैछ । निजामती सेवा दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ। सरकारले विसं २०६२ भदौ २२ गतेबाट औपचारिक रूपमा यो दिवस मनाउन थालेको छ ।

निजमती सेवा दिवसको अवसरका यस वर्षपनि ४० जनालाई कर्मचारीहरूलाई पुरस्कृत गरिदैछ। बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । यो दिवस मनाउने क्रममा यस वर्षपनि सरकारले सर्वोत्कृष्ट कर्मचारी नै पाउन सकेन ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएन ।

हालसम्म सरकारले जम्मा चार जनालाई मात्रै सर्वोत्कृष्ट पुरस्कार दिन सकेको छ । यसअघि भगवतीकुमार काफ्ले, सूर्य गौतम, भाइकाजी तिवारी र शान्तराज सुवेदीले २ लाख राशिको सर्वोत्कृष्ट पुरस्कार पाएका थिए ।

यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनोट गरिएको छ ।

दिवसका अवसरमा उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत, सम्मान र सेवानिवृत्तलाई सम्मान गर्दै आइएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्