काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष रिजालको डेंगु संक्रमणबाट निधन

होस्ट खबर २१ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं : काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणबाट निधन भएको छ ।

ग्राण्डी अस्पतालमा उपचारका क्रममा रहेका उनको आज विहान निधन भएको वडासचिव प्रकाश खड्काले बताए । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।

रिजाल गत स्थानीय तह निर्वाचनमा चार हजार १९ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा ९एमाले०का उम्मेदवार लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।

नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत रहेका रिजाल गत वर्ष वैशाखमा दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्