आज बि.सं. २०८० साल भदौ १७ गते आइतबारको राशिफल

होस्ट खबर
होस्ट खबर १७ भाद्र २०८०, आईतवार
6 Min Read
Aa

सुर्खेत : श्री शाके १९४५ । बि.सं. २०८० भदौ १७ गते आइतबार । इश्वी सन २०२३ सेप्टेमवर ३ तारीख । भाद्रकृष्ण पक्ष चतुर्थी तिथी रेवती नक्षत्र पश्चात अश्विनी नक्षत्र गण्ड योग वव करण चन्द्रमा मिन राशिमा पश्चात मेष राशिमा आनन्दादि योगमा प्रवद्र्धमान योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु – ज्यो.प. सरोज घिमिरे

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामका लागि रकम जोहो गर्ने समय छ। आफन्त र परिवारबाट टाढिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। तर, अवसरको खोजीमा दौडधुप भने गर्नुपर्ला। साँझतिर सहयोगीहरूले साथ दिनेछन्। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन आउन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ। सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतले कार्यसिद्धि हुनेछ। साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य कमजोर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो श्रम परे पनि कामको प्रतिफलमाथि अरूले राज गर्नेछन्। साँझतिर स्थितिमा सुधार आउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तको उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ। व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिनेछ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। साँझतिर स्थितिमा सुधार आउनेछ। आँटेको काम गर्न सफल भइनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभचिन्तकको साथ–सहयोगले काम गर्न सकिनेछ। श्रम परे पनि प्रतिफल प्राप्त हुनेछ। तर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। अरूका काममा धेरै समय अलमलिनुपर्ला। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला। साँझतिर विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ला। केही घरायसी समस्याले आफन्त टाढिन सक्छन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ। समयमा सजग नहुँदा फाइदा लिने अवसर गुम्न सक्छ। खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ। साँझतिर स्थितिमा सुधार आउनेछ। मिहिनेतले केही काम गर्न सकिनेछ। स्रोत–साधन जुटाउने समय छ।

प्रतिक्रिया दिनुहोस्