पेट्रोलियम पदार्थको मूल्यवृद्धि‚ ग्यासमा २३५ रुपैयाँ बढ्यो

होस्ट खबर
होस्ट खबर १५ भाद्र २०८०, शुक्रबार
0 Min Read
Aa

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य बढेको जनाएको हो।

पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ।

निगमले मूल्य वृद्धि विहिबार राति १२ बजेदेखि लागू भएको जनाएको छ। इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएपनि नयाँ मूल्य निर्धारहण गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्