प्रधानन्यायाधीश श्रेष्ठको शपथ आज

होस्ट खबर ५ भाद्र २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । सोमबार प्रधानन्यायाधीश नियुक्त भएका श्रेष्ठले आज दिउँसो १ः४५ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपतिले श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्