सुदूरपश्चिममा आज ‘ओल्के’ पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

होस्ट खबर १ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : आज भदौ १ अर्थात् ओल्के पर्व। पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के संक्रान्ति आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। ओल्के पर्वका अवसरमा शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

आज सुदूरपश्चिमका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।

ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्