काठमाडौं : यही २ साउनदेखि सुरु भएको अधिकमास अर्थात् मलमास आज समाप्त हुँदैछ । आज दिउँसो २१ घडी ५ पला अर्थात् २ बजेर १ मिनेटसम्म औँसी तिथि छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
भगवान् विष्णु अर्थात् पुरुषोत्तमको आराधना गरिने भएकाले मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ ।
मलमासको अन्तिम दिन आज श्रद्धालुले व्रत, उपवास, विष्णु भगवानको जप, पूजा, भजन कीर्तन तथा पुराण पाठ गर्नुका साथै दान गर्ने प्रचलन छ । काँसको थालमा भगवान् विषणुका नामले ३३ वटा मालपुवा राखेर तिल र सुनको प्रतिमासहित वस्त्रले ढाकेर दान गर्ने परम्परा छ । मलमासका कारण यस वर्ष जनैपूर्णिमा, तीज दशैँ र तिहार जस्ता चाडपर्व झण्डै एक महिना पछाडि धकेलिएका छन्।
सूर्यमानअनुसार वर्षमा ३६५ दिन र चान्द्रमान अनुसार वर्षमा ३५४ दिन हुन्छ । यसरी हेर्दा सूर्य र चन्द्रमानबीच वर्षमा लगभग ११ दिनको फरक आउँछ । तीन वर्षमा ३३ दिनको फरक पर्ने भएपछि त्यही एक महिनालाई अधिकमास भन्ने गरिएको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्