किन बन्द हुँदैछन् काठमाडौँका टिकट बुकिङ काउन्टर ?

होस्ट खबर २८ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ : हाल सञ्चालनमा रहेका बुकिङ काउन्टरहरू भदौ १ गतेदेखि हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ । लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका लागि काटिने टिकट काउन्टर दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने भन्दै हटाउने जनाएको हो ।

काउन्टर सञ्चालन गर्न महानगरमा दर्ता गराउनसमेत महानगरले आग्रह गरेको छ । जथाभाबी काउन्टर राख्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र सञ्चालन गर्न सूचना जारी गरेको हो । सार्वजनिक सवारी साधनले तोकिएको मापदण्ड पुरा गर्नुपर्ने भन्दै महानगरले दर्ता प्रक्रियामा आउन जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्