कर्णाली र बबई नदीमा जल सतह खतराको तहभन्दा माथि

होस्ट खबर २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

सुर्खेत : कर्णाली र बबई नदीमा जल सतहले खतराको तह पार गरेको छ । बर्दियामा बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको भन्दै सतर्क रहन अनुरोध गरिएको छ ।

बर्दियाका रम्भापुर, सानोश्री चेपाङ, औरही खोला गोदना केन्द्रमा अत्यधिक वर्षा भईरहेकाले ती क्षेत्रमा बाढीको खतरा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार दाङका लमही र लालमटिया तथा बाँकेको कुुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको छ । राप्ती नदीको जलसतह पनि दाङ र बाँकेमा निकै बढेपछि महाशाखाले एसएमएस पठाएर सतर्क रहन अनुरोध गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्