सल्यानमा लठ्ठीले हानेर छोराले गरे आमाको हत्या

होस्ट खबर २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

सल्यान : शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरमा लाठीले हानेर छोराले आमाको हत्या गरेका छन्।

अन्दाजी २३ वर्षीय नविन भण्डारीले आमा ४८ वर्षीय शारदा भण्डारीको हत्या गरेका हुन्।

मंगलबार बिहान ४ बजेतिर सुत्ने कोठामा गई उनले लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए। घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्