काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
विहिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता महराले सुन प्रकरण आफ्नो संलग्नता नरहेकाले अनावश्यक भ्रममा नपर्न अनुरोध गरेका छन् ।
उनले लेखेका छन् ‘केहि दिन यता संचारमाध्यम बाट सुन प्रकरण मा मेरो नाम जोडिएर आईरहेको बिषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु । जहा सम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्वर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउछु । अनावश्यक भ्रम मा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।’
नेता महरा र उनका छोरा राहुल महराले चिनियाँ व्यापारी वाङसँग मिलेर सुन तस्कारीमा संलग्न रहेको समाचार बाहिरिएपछि महराले यसबारे स्पष्ट पारेका हुन्।
चिनियाँ नागरिक वाङसँग पहिलेदेखि सामान्य चिनजान भएको र उनलाई फलफूल व्यापारीको रुपमा मात्रै आफूले चिनेको महराले यसअघि प्रेस विज्ञप्ति जारी गरेका थिए।
नेता महराले दुरासयपूर्ण तरिकाले राजनैतिक पूर्वाग्राहीका आधारमा आफ्नो बदनाम गर्न खोजिएको बताउँदै आएका छन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्