आज टोपबहादुरको सांसद पद निलम्बन गरिने

होस्ट खबर १५ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं : आज नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बन गरिने भएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले देवराज घिमिरेले जनाकारी गराउँनेछन्। ​ यसैगरी, आजको बैठकमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ।

यस्तै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गरिनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्