आज बि.सं. २०८० साल साउन १४ गते आइतबारको राशिफल

होस्ट खबर १४ श्रावण २०८०, आईतवार
5 Min Read
Aa

सुर्खेत : श्री शाके १९४५ । बि.सं. २०८० साउन १४ गते आइतबार । इश्वी सन २०२३ जूलाई ३० तारीख ।अधिक श्रावणशुक्ल द्वादशी तिथी पश्चात त्रयोदशी तिथी मूल नक्षत्र वैधृती योग वालव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा सिद्धि योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु प्रदोषव्रत ९ ज्यो।प। सरोज घिमिरे

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। केही खर्च लागे पनि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइका लागि केही खर्च हुन सक्छ। अभिभावकको गुनासो सुन्नुपर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान लिन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले काममा बाधा पुर्याउनेछ, सजग रहनुहोला। अरूको वचन हार्न नसक्दा दुस्ख पाइनेछ। तर मिहिनेत गर्दा आयस्रोत बढ्नेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने समय छ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ। प्रतिस्पर्धामा भने सावधान रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। तर बलजफ्ती गर्ने बानीले साथीभाइ टाढिन सक्छन्। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला। आफन्तको साथ सहयोग जुट्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
करकापमा परी काममा जुट्नुपर्ने अवस्था रहनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। भोगविलासमा पनि सञ्चित रकम खर्च हुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्