स्वर्गीय योगेश खत्रीको सम्झनामा वीरेन्द्रनगरमा वृक्षारोपण

होस्ट खबर ७ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत हार्डवेयर वस्तुगत समितिका निवर्तमान अध्यक्ष योगेश खत्रीको सम्झनामा वृक्षारोपण गरिएको छ । शनिबार हार्डवयेर वस्तुगत समितिको आयोजनामा वीरेन्द्रनगरको जुम्लारोड क्षेत्रमा खत्रीको सम्झनामा वृक्षारोपणको आयोजना गरिएको हो ।

स्वर्गीय खत्रीको सम्झनामा जुम्लारोड फोरलेन सडक खण्डको डिभाइडरमा विभिन्न चार प्रजातिका विरुवाहरु वृक्षारोपण वृक्षारोपण गरिएको हार्डवयेर वस्तुगत समिति सुर्खेतका अध्यक्ष दिनेश ढकालले बताए ।

उनले विगतमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्झना स्वरुप वृक्षारोपण गरेका हो । वृक्षारोपण कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलसहितको टोली समेत सहभागी थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्