कांग्रेस बैठकमा महामन्त्रीद्वयको व्यापक आलोचना

होस्ट खबर ४ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रमक बनेका छन् । मंगलबारबाट शुरू भएको बैठकमा धारणा राख्ने संस्थापन पक्षका केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूले महामन्त्रीद्वयमाथि अनुशासनको प्रश्न उठाउँदै खरो आलोचना गरेका छन् ।

बुधवार बोल्ने अधिकांश प्रदेश सभापति तथा केन्द्रीय सदस्यहरूले महामन्त्रीहरूको सार्वजनिक प्रस्तुति शैली र व्यवहारप्रति खरो रूपमा विरोध जनाए । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तनको अभियान चलाउने सार्वजनिक अभिव्यक्ति दिँदै आएका महामन्त्री गगन थापाप्रति पार्टी सभापति शेरबहादुर देउवा निकटका नेताहरूले कटाक्ष नै गरेको केन्द्रीय सदस्यहरूले बताएका छन् ।

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले महामन्त्रीप्रति लक्षित गर्दै कार्यसमितिमा रहेका व्यक्तिहरूलाई अनुशासन लागु हुन्छ कि हुँदैनरु भनेर प्रश्न गरे। उनले भने– ‘एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसहरूको विषयमा अभिव्यक्त गरेका धारणाहरू तथानाम छ जे पायो त्यही गरिएको छ ।’ थापाले केही समययता महामन्त्री पद त्याग्नु परे त्याग्छु भन्दै संसदीय दलमा नेतृत्व परिवर्तनका लागि निरन्तर आवाज उठाउने बताउँदै आएका छन् । थापाको उक्त अभिव्यक्तिमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले सहमति जनाउँदै आएका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले पार्टी सभापति शेरबहादुर देउवाबाट पार्टी नचल्ने निष्कर्षसहित नेतृत्व परिवर्तनको एजेन्डा उठाउँदै आइरहेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्