साउन १ गते देउडा पर्वको अवसरमा कर्णालीमा सार्वजनिक विदा

होस्ट खबर ३० असार २०८०, शनिबार
1 Min Read
Aa

सुर्खेत : आगामी साउन १ गते कर्णाली सरकारले सार्वजनिक विदा दिएको छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सरकारले प्रदेशभरी लागू हुनेगरी सार्वजनिक विदा दिएको हो ।

विदा कर्णालीमा रहेका सबै सरकारी तथा सार्वजनिक संस्थान र संस्थाहरुमा लागु हुनेछ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।

फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहित महिलाहरू साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।

यता, देउडा खेल लगाउने प्रचलन कर्णालीमा रहेको छ । कर्णालीको राजधानी वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते देउडा संस्कृति जोगाइराख्न देउडा खेल खेलिने गरिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्