आज बि.सं. २०८० साल असार २५ गते सोमवारको राशिफल

होस्ट खबर २५ असार २०८०, सोमबार
6 Min Read
Aa

सुर्खेत : आज बि.सं. २०८० साल असार २५ गते सोमवार, १० जुलाई २०२३ । शुद्ध श्रावण कृष्णपक्ष अष्टमी तिथि । रेवती नक्षत्र । चन्द्राशि– मीन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिले खर्च बढाउनेछ । आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ । फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला । खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ । पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ । सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ । मेहनतीहरूलाई कार्यसिद्धिको समय छ । कर्मयोगले नाम र दाम दिलाउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । बाध्यताले अलमल्याउन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । तत्काल फाइदा नहुने काममा जुट्नुपरे पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ । खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्नेछ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तारिफयोग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ । आफन्तको स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम थालनी हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शत्रुहरू स्वतः किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ । मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुनेछन् । वादविवादमा परिनाले सेवामूलक काम बीचैमा रोकिन सक्छ । आफ्ना काममा अरूको मुख ताक्ने बानीले पनि पछि परिनेछ । उचित मूल्यांकन भए पनि मिहिनेतको प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तत्कालको सानो फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन् । विश्वासपात्रले धोका दिने हुँदा समयमै सजग रहनुपर्ला । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा पहिले गरिएको सम्झौता भंग हुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला । अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । मानसम्मानमा बाधा पुग्नेछ । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नुपर्ला । बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ । अवसर प्राप्त भए पनि सोचेको फाइदा भने नहुन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ । दिन रमाइलो रहनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बिछोडिएका प्रियजन भेटिनेछन् । नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरू भेटिनेछन् । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । सोखले खर्च बढाउन सक्छ । अध्ययन र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्