रहेनन् गायक तथा अभिनेता रविन तामाङ

होस्ट खबर २० असार २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ  : नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ ।

हिजो बेलुका बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमती चिस्यानीमा रहेको आफ्नै घरमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

तामाङ घरको कोठाभित्र मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका उहाँ पछिल्लो समय चलचित्र अभिनयमासमेत व्यस्त थिए ।

‘जय पशुराम’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’लगायत चलचित्रमा उहाँले अभिनय गर्नु भएको थियो । उहाँको चिसो चिसो हावामा, केटाकेटीलगायत गीत चर्चित छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्