आज बि.सं. २०८० साल असार २० गते बुधवारको राशिफल

होस्ट खबर २० असार २०८०, बुधबार
6 Min Read
Aa

सुर्खेत : २०८० असार २० गते बुधवार, ५ जुलाई २०२३ । शुद्ध श्रावण कृष्णपक्ष द्वितीया तिथि, १२ः५५ बजेपछि तृतीया । उत्तराषाढा नक्षत्र, ८ः४८ बजेपछि श्रवण । चन्द्रराशि– मकर ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन् । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ । रोकिएका काम सम्पादन हुनेछन् । विशेष जिम्मेवारी प्राप्त हुनेछ । सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ । भेटघाटले काम गर्ने अवसर दिलाउनेछ । समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ । अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ । आलस्य गर्ने बानीले कार्य सम्पादनमा केही विलम्ब हुन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्य कमजोर रहनाले यात्रा अलि कष्टपूर्ण हुनेछ । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् । तापनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुनेछ । थन्किएका वस्तुको उपयोग हुनेछ । समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धेरै बोल्दा समस्या आउन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । परिवारजनको साथले केही समस्या सुल्झनेछन् । उधारोमा व्यापार गर्नुपर्ला । खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउन सक्छ । निम्तो मान्ने क्रममा आतिथ्य खर्चिलो बन्ने देखिन्छ । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काममा केही विलम्ब भए पनि सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले पनि काममा जोसजाँगर बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
काम दोहोर्याउनुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । व्यवसायमा मनग्य धनलाभ हुनेछ भने पहिलेको लगानीले दिगो फाइदा दिलाउनेछ । मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले निकै पछि परिनेछ । पछिल्लो समयका लागि केही वस्तु त्याग्नुपर्ला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्