आज बि.सं. २०८० साल असार १९ गते मंगलवारको राशिफल

होस्ट खबर १९ असार २०८०, मंगलवार
6 Min Read
Aa

सुर्खेत : २०८० असार १९ गते मंगलवार, ४ जुलाई २०२३ । शुद्ध श्रावण कृष्णपक्ष प्रतिपदा तिथि, १५ः१५ बजेपछि द्वितीया । पूर्वाषाढा नक्षत्र, १०ः१८ बजेपछि उत्तराषाढा । चन्द्रराशि– धनु १५ः५७ बजेपछि मकर ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । मिहिनेतले कार्यसिद्धि हुनेछ । साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ । पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनेछ । खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला । कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आफ्नो श्रम परे पनि कामको प्रतिफलमाथि अरूले राज गर्नेछन् । साँझतिर स्थितिमा सुधार आउनेछ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तको उपहारले प्रसन्नता मिल्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ । व्यवसायबाट आम्दानी भइरहनेछ । भौतिक वस्तुहरू जुटाउन सकिनेछ । साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ । स्वास्थ्यका लागि सजग रहनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
केही विवादास्पद कामको जिम्मेवारी आउन सक्छ । तापनि हिम्मत गर्दा काम बनाउन सकिनेछ । भौतिक साधन जुट्नाले उत्साहित भइनेछ । लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ । जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । साँझतिर व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा लाभ हुनेछ । रमाइलो यात्रा पनि हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । साँझतिर विश्वासिला व्यक्तिहरूले धोका दिने हुँदा काम रोकिन सक्छ । सानो कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हल्लाको पछि लाग्दा दुःख पाइनेछ । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला । साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ । विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ । मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभचिन्तकको साथ–सहयोगले काम गर्न सकिनेछ । श्रम परे पनि प्रतिफल प्राप्त हुनेछ । तर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ । अरूका काममा धेरै समय अलमलिनुपर्ला । अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला । साँझतिर विवादास्पद कामको जिम्मेवारी आउन सक्छ । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ला । केही घरायसी समस्याले आफन्त टाढिन सक्छन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । मिहिनेतीहरूलाई नियमित फाइदा भइरहनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदै हुनेछ । साँझतिर परिस्थितिवश काम रोकिन सक्छ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने देखिन्छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । खानपानको सोखले स्वास्थ्य बिग्रन सक्छ । साँझतिर स्थितिमा सुधार आउनेछ । मिहिनेतले केही काम गर्न सकिनेछ । स्रोत–साधन जुटाउने समय छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ । कामले खर्च बढाउने हुँदा रकम जोहो गर्नुपर्ने छ । आफन्त र परिवारबाट टाढिनुपरे पनि दिगो काम फेला पर्न सक्छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ । तर, अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । साँझतिर सहयोगीहरूले साथ दिनेछन् । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । आवश्यक पर्दा शुभचिन्तक र सहयोग गर्नेहरू पनि भेटिनेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ । सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ । साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ । अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्