आज बि.सं. २०८० साल असार १६ गते शनिवारको राशिफल

होस्ट खबर १६ असार २०८०, शनिबार
6 Min Read
Aa

सुर्खेत : १ जुलाई २०२३ । आषाढ शुक्लपक्ष त्रयोदशी तिथि । अनुराधा नक्षत्र, १३ः१८ बजेपछि ज्येष्ठा । चन्द्रराशि– वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन् । व्यवसाय र अध्ययनमा समय दिन नसकिएला । आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला । यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ । फजुल खर्च बढ्नेछ । तत्काल फाइदा नभए पनि सम्भावना पहिचान गर्न सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खर्च लागे पनि रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । साथीभाइसँग भेटघाट हुनेछ । तर सरसापटमा केही रकम बाहिरिन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुने समय छ । रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काममा केही अलमल हुन सक्छ । अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ । तापनि बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र सम्पादित कामबाट मनग्य धन लाभ हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । व्यापार, पशुपालन र कृषि क्षेत्रबाट लाभ मिल्नेछ । सहयोगीको साथले हिम्मत जगाउनेछ । नयाँ काम प्रारम्भ गर्न सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ । महत्त्वाकांक्षी काममा आफ्नैले बाधा पुर्याउन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । कमजोर नतिजा सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अध्ययनमा प्रगति हुनेछ । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ । प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन् । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ । पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिन रमाइलो रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समयमा होस नपुग्नाले खर्च बढ्नेछ । ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । तर शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट समेत टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अकस्मात् धन प्राप्त हुनाले उत्साह जाग्नेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । मिहिनेतको फल प्राप्त हुनेछ । नोकरी तथा पेसा–व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेका समस्या दोहोरिए पनि आँटेको काम सम्पादन गर्न सकिनेछ । चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ । सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ भइरहने छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array