सुर्खेत र जुम्लाबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

होस्ट खबर १३ असार २०८०, बुधबार
2 Min Read
Aa

सुर्खेत : प्रहरीले अवैध लागूऔषध र लागूऔषध सेवन गरेको आरोपमा ६ जनालाइ पक्राउ गरेको छ । प्रहरीले सुर्खेतबाट एक जना र जुम्लाबाट पाँच जनालाइ पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–२ ठेउरी सुर्खेत बस्ने २० वर्षीय प्रकाश चौधरीलाइ घरबाटै पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयकाअनुसार अवैध लागूऔषध छ भन्ने आशंकाका आधारमा प्रहरी चौकि बाङ्गेसिमलबाट खटिएको प्रहरीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा शुद्ध १५० मिलिग्राम बरामद गरेको छ ।

यता, जुम्लाको चन्दननाथ नगरपालिका–२ कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान नजिकै रहेको जुगाड खोला किनाराबाट दुइ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुठिचौर गाउँपालिका–५ का १९ वर्षीय नरेन्द्र सार्की र सोही ठाउाँका १८ वर्षीय बिशाल सार्की छन ।

लागूऔषध सेवन गरी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी र लागूऔषध ब्युरोसहितको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रदेश प्रहरीको भनाइ छ ।

प्रहरीले नरेन्द्रको जाकेटको माथिल्लो खल्तीबाट लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ शुद्ध ८६० मिलिग्राम बरामद गरेको जानकारी दिएको छ । यस्तै, चन्दननाथ नगरपालिका-४ भारतीवाडाबाट ४८ वर्षीय खगेन्द्र भण्डारी, कनकासुन्दरी गाउँपालिका-२ का २९ वर्षीय लालबहादुर रोकाया र सोही ठाउँका वडा नम्बर ६ बस्ने ४६ वर्षीय हरे राम खत्रीलाइ समेत पक्राउ परेका छन् ।

उनीहरूले लागूऔषध सेवन गरी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी र लागूऔषध ब्युरोसहितको संयुक्त प्रहरी टोलीले निजहरुलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीको भनाइ छ ।

उनीहरूको साथबाट प्रहरीले लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ शुद्ध ९३० मिलिग्रामसमेत बरामद गरेको छ । पक्राउ परेका सबैलाइ हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ l

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्