आज बि.सं. २०८० साल असार १२ गते मंगलवारको राशिफल

होस्ट खबर १२ असार २०८०, मंगलवार
6 Min Read
Aa

सुर्खेत : २०८० असार १२ गते मंगलवार, २७ जुन २०२३ । आषाढ शुक्लपक्ष नवमी तिथि । हस्त नक्षत्र, ११ः२९ बजेपछि चित्रा । चन्द्रराशि– कन्या ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । व्यापार लगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुने समय छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन् । तर मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले काममा हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च लागे पनि लगानी बढाउने अवसर आउला । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा मनग्य फाइदा हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । विवादास्पद कामको जिम्मेवारी आउन सक्छ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सफलताले हिम्मत दिलाउनेछ । प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले समेत उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मान–सम्मान प्राप्त होला । ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला । उपलब्धि प्राप्त गर्न काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ । धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन् । मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ । तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ । स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला । गोपनीयतामा ध्यान पुर्याउनुहोला । प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
धेरै बोल्दा समस्या आउन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउनेछ । तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्