आज बि.सं. २०८० साल असार ११ गते सोमवारको राशिफल

होस्ट खबर ११ असार २०८०, सोमबार
6 Min Read
Aa

सुर्खेत : बि.सं. २०८० साल असार ११ गते सोमवार, २६ जुन २०२३ । आषाढ शुक्लपक्ष अष्टमी तिथि । उत्तर फाल्गुनी नक्षत्र, ९ः४९ बजेपछि हस्त । चन्द्रराशि– कन्या ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामको चाप बढ्नेछ । केही दौडधुप गर्नु परे पनि फाइदा हुनेछ । भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो काम प्रारम्भ हुन सक्छ । पुरुषार्थी कामले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ । बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ । तत्काल योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि परिवारजनको साथ–सहयोग प्राप्त हुनेछ । पछि लाभ हुने काम गर्न सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय छ । पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन् । कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आम्दानी बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन् । बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आकर्षक उपहारले उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका आफन्तहरू नजिकिन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ । बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा केही असमझदारी देखिएला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । आफ्नाबाट भने टाढिनुपर्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । विभिन्न स्रोत–साधन जुट्नेछन् । सञ्चित धन उपयोग गर्दा पनि फाइदै हुनेछ । मनग्य रकम हातलागी हुनेछ तर दायित्व पनि बढ्न सक्छ । सरसापटमा केही धन बाहिरिने देखिन्छ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ । तापनि मिहिनेत गर्दा लक्ष्यप्राप्ति हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पुरुषार्थी काम सम्पन्न गर्ने समय छ । प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ । प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । कामले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । विशेष अवसरले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विशेष अवसर दिलाउनेछ । समस्या र चुनौती समाप्त हुनेछन् । नाम र दाम हातलागी हुनेछ । योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ । अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ । अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ । जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय बित्नेछ । कमजोर नतिजा सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला । दौडधुपले कमजोरी अनुभूति हुन सक्छ । अर्थ अभावले पनि मन पिरोलिन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ । जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ । वादविवादमा अघि नसर्नुहोला । मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । मनग्य आम्दानी हुनेछ र सुविधाका वस्तु प्राप्त हुनेछन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्