बि.सं. २०८० साल असार १० गते आइतवारको राशिफल

होस्ट खबर १० असार २०८०, आईतवार
6 Min Read
Aa

सुर्खेत : २०८० असार १० गते आइतवार, २५ जुन २०२३ । आषाढ शुक्ल पक्ष सप्तमी तिथि, २०ः४३ बजेपछि अष्टमी । पूर्वफाल्गुनी नक्षत्र, ७ः४४ बजेपछि उत्तरफाल्गुनी । चन्द्रराशि– सिंह, १४ः१८ बजेपछि कन्या ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
फाइदाको पछि लाग्दा नाम बिग्रन सक्छ । तापनि, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ–सहयोग प्राप्त हुनेछ । आज अरूलाई दिने नभई धनमाल भित्र्याउने समय छ । साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ । अध्ययनमा प्रगति हुनेछ । व्यापारमा मनग्य लाभ हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
रचनात्मक काममा जुट्ने समय छ । गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ । तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला । बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ । व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला । दिउँसोदेखि आफन्तबाट सावधानी अपनाउनुहोला । व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । चिताएको काम बन्नाले नयाँँ काम थाल्न सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । काममा शुभचिन्तकहरूले साथ दिनेछन् । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा बिहानै व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । आम्दानी बढ्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ । दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामको मेसो नमिल्दा केही अलमल हुनेछ । अवसर प्राप्त भए पनि आलस्य गर्ने बानीले समस्या निम्त्याउनेछ । परिवारमा असमझदारी बढ्न सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । दिउँसोदेखि रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका काममा सोचेजस्तै सफलता मिल्नेछ र मनग्य धनलाभ हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । कीर्तिमानी काम गर्ने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । लगनशीलताले सफलता दिलाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ । खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला । कामको चाप बढ्नाले दौडधुप गर्नुपर्ला । दिउँसोदेखि स्थितिमा सुधार आउनाले जोश–जाँगर बढ्नेछ । गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । नयाँ व्यवसाय थालनी हुनेछ । मनोरञ्जनको समय छ । सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ । दिउँसोदेखि विवादास्पद जिम्मेवारी आउन सक्छन् । अस्वस्थताले काममा बाधा पुर्याउनेछ । अप्ठ्यारा परिस्थिति सुल्झाएरै फाइदा उठाउन सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूको करकापमा गरिएको कामले समस्या निम्त्याउन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । व्यर्थैमा शत्रु बढ्न सक्छन् । स्वास्थ्य–चिन्ताले पनि सताउनेछ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । तापनि लक्ष्य प्राप्त गर्न केही समय लाग्नेछ । साँझतिर अतिथिका रूपमा सत्कार पाइनेछ । रमाइलो भेट र खानपानको आनन्द प्राप्त हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्