विवाह गरेको ६ महिनापछि बेहुली पुरुष बनेपछि‘….

होस्ट खबर ९ असार २०८०, शनिबार
3 Min Read
Aa

काठमाडौँ : उदयपुरको बेलका नगरपालिका ६ का नम्बर राईले बिहे भएको ६ महिनापछि श्रीमती शर्मिलाविरुद्ध प्रहरी गुहारेका छन् । श्रीमती लैङ्गिक अल्पसंख्यकको रहेको खुलेपछि राई प्रहरीकहाँ उजुरी लिएर पुगेका हुन् । समाचार अनुसार वैदेशिक रोजगारीमा मलेसियामै रहँदा फेसबुकमार्फत शर्मिला राई नामकी युवतीसँग नम्बरको परिचय भएको थियो ।

त्यही चिनजानले उनीहरुको सम्पर्क बढेर प्रेम बसेको थियो । प्रेम बसेपछि शर्मिलाले बिरामी भएको बताएकी थिइन् । त्यसपछि उनलाई बिहेको सर्तमा नम्बरले खर्च पठाइदिएका थिए । यसबीचमा नम्बर २०७९ मंसिरमा मलेसियाबाट नेपाल आए । त्यसपछि माघमा भतिजाको छेवरका क्रममा शर्मिलालाई पनि बोलाइयो ।

भोजपुरको रामप्रसाद गाउँपालिका घर भएकी शर्मिला पनि आइन् । त्यसपछि छोराले बुहारी ल्याएको खुसियालीमा त्यहीँ बिहे गरेर भित्र्याइयो । बिहे भोज पनि खुवाइयो । तर गत माघमै बिहे गरेर भित्र्याएकी शर्मिला महिला नभएर लैङ्गिक अल्पसंख्यक रहेको खुलेपछि गाउँले चकित छन् । बेलका ६ का वडाध्यक्ष वसन्तकुमार मगरले यो घटना सुनेर आफू पनि अचम्ममा परेको बताए ।

प्रेमपछि बिहे गरेकी श्रीमती महिला नभएको खुलेपछि नम्बर न्याय माग्दै पालिकामा पुगेका थिए । दुवैलाई पालिकामा बोलाएर छलफलपछि शर्मिलाले आफू महिला नभएको स्वकारेको गाउँपालिका उपप्रमुख जीरा राईले बताइन् । उता वडाध्यक्ष मगरका अनुसार नम्बरले मलेसियाबाट शर्मिलालाई एक लाख ९५ हजार रकम पठाएको खुलेको छ ।

गाउँमा हल्ला फैलिएपछि पालिकामा भएको छलफलमा नम्बरले श्रीमती महिला नभएको थाहा पाएपछि प्रहरीकहाँ पुगे । गाउँमा हल्ला भएपछि जनप्रतिनिधिकै पहलमा शर्मिलालाई प्रहरी कार्यालयमा लगेपछि लैङ्गिक अल्पसंख्यक रहेको खुल्यो । शर्मिलाले आफूलाई त्यहाँ पुरुषका रुपमा प्रस्तुत गरेकी थिइन् । वडाध्यक्ष मगरले शर्मिला भनेर नम्बरसँग बिहे गरेका ३१ वर्षीय युवक राजु राई हुन् ।

उनको घर भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ मा छ । सोझो स्वभावका नम्बरलाई राजुले शर्मिला भनेर झुक्याएको पाइएको मगरले बताए । ‘बिहे भए पनि उनीहरुबीच शारीरिक सम्बन्ध भएको रहेनछ । बिहेअघि पनि सम्बन्ध भएको रहेनछ । बिहेको रीत पुर्याउन भोजपुर जान आग्रह गर्दा नमानेपछि सम्बन्ध पनि स्थापित नभएको रहेछ,’ मगरले भने ।

प्रहरीमा पुगेपछि नम्बरले आफूलाई घर बाहिर जान नदिने, गइहाले झगडा गर्ने, श्रीमान श्रीमतीबीचको सम्बन्ध पनि स्थापित गर्न नमानेको सुनाएका थिए । यो घटना बिहेको ६ महिनापछि मात्रै बाहिर आएको हो । उपप्रमुख जीरा राईले शर्मिला बनेका राजुका श्रीमती पनि रहेको सुने पनि पुष्टि हुन नसकेको बताइन् ।

यो प्रकरण जिल्ला प्रहरी कार्यालय उदयपुरसम्म पुग्यो । त्यहाँ प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालसहितले छलफल गर्दा नम्बरले केटी भनेर बिहे गरेकी शर्मिला लैङ्गिक अल्पसंख्यक रहेको निष्कर्ष निकालेका छन् । छलफलपछि बिहेकै कुरा मुद्दाको विषय नहुने निचोडसहित शर्मिला बनेका राजुलाई आफन्तको जिम्मा लगाइएको फुँयालले बताए । तर राजुविरुद्ध प्रहरीले नम्बरलाई गरेको ठगीमा कारबाही चलाउन सक्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्