बि.सं. २०८० साल असार ८ गते शुक्रवारको राशिफल

होस्ट खबर ८ असार २०८०, शुक्रबार
6 Min Read
Aa

सुर्खेत : २०८० असार ८ गते शुक्रवार, २३ जुन २०२३ । आषाढ शुक्ल पक्ष पञ्चमी तिथि, १७ः१३ बजेपछि षष्ठी । मघा नक्षत्र । चन्द्रराशि– सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थताले अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । बलजफ्तीले समस्या निम्त्याउन सक्छ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । बुद्धिको उपयोगले काम बन्नेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । टाढिएका साथीभाइ नजिकिन सक्छन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ । वादविवादबाट टाढै रहने प्रयत्न गर्नुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययन तथा लेखनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट होला । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च लागे पनि लगानी बढाउने अवसर आउला । काम खर्चिलो हुनाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । तर धेरै फाइदाका पछि लाग्दा लगानी उठाउन समस्या पर्नेछ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्छ । पुरानो हिसाबकिताब सुल्झाउन पनि समय लाग्नेछ । यात्राको प्रक्रिया अघि बढ्नेछ । जीवनशैलीमा सुधार ल्याउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर समेत प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि धन र बुद्धि खर्चनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ । बाध्यात्मक परिस्थितिले अलमल्याए पनि मिहिनेतले आंशिक लाभ हुनेछ । फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । ससामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
माहोल रमाइलो रहनेछ । रचनात्मक काममा जुट्ने समय छ । विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन् । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा कामको मेसो नमिल्दा अलमल हुनेछ । अवसर प्राप्त भए पनि समयमै काम नगर्दा पछि परिनेछ । प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ उठाउन सकिनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्