आज बि.सं. २०८० असार ७ गते बिहीवारको राशिफल

होस्ट खबर ७ असार २०८०, बिहीबार
6 Min Read
Aa

सुर्खेत : २०८० असार ७ गते बिहीवार, २२ जुन २०२३ । आषाढ शुक्ल पक्ष चतुर्थी तिथि, १५ः१२ बजेपछि पञ्चमी । अश्लेषा नक्षत्र । चन्द्रराशि– कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ । विशेष उपहार हातलागी होला । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सुखद समाचारले उत्साह जगाउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । आँटले काम लिँदा दिगो फाइदा उठाउन सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन् । बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् । परिस्थितिले अनावश्यक काम वा वस्तुहरूमा समेत खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ । धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काम रोकिए पनि उठ्नुपर्ने रकम प्राप्त हुनेछ । उद्योग र व्यापारमा पनि सामान्य फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ । चल–अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । कीर्तिमानी काम गर्ने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सामाजिक दायित्व बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
जिम्मेवारी आए पनि उपलब्धिका लागि केही समय लाग्नेछ । अस्वस्थताले काममा जुट्न नसकिएला । सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । मेहनतअनुसार कम मात्र फल प्राप्त हुनेछ । फाइदा नहुने काममा धेरै समय अलमलिनुपर्ने देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । विश्राम र आहारविहारमा ध्यान पुर्याउनुहोला । प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ । समस्या देखाउँदा सहयोग जुट्नेछ । श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ । नयाँ लगानीतर्फ जोखिम बढ्ने समय छ । गोपनीयतामा सजग रहनुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । तर हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने समय छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
काम बन्नुका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । स्वास्थ्य–चिन्ताले सताउन सक्छ । अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने व्यर्थैमा अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्