काठमाडौं र पोखरामा भारतीय सिनेमा प्रदर्शनमा प्रतिबन्ध

होस्ट खबर ४ असार २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौं महानगरपालिकाभित्रका हलमा भारतीय सिनेमाको प्रदर्शनमा रोक लगाएको छ ।

भारतीय चलचित्र आदिपुरुषमा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिइएको तर भारतीय फिल्ममा निर्वाध सो संवाद कायमै रहेकाले आजदेखि हलमा कुनै पनि भारतीय चलचित्र चल्न नदिने महानगरपालिकाले जनााएको छ ।

यसअघि महानगरका मेयर बालेन शाहले उक्त चलचित्रमा रहेका संवाद हटाउन तीन दिनको समय दिएका थिए । कामकपा मेयर बालेन शाहले आजदेखि महानगरका सिनेमा हलमा हिन्दी सिनेमा चल्न नदिने जानकारी दिएका छन् ।

नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने भन्दै मेयर बालेनले भारतीय सिनेमा चल्न नदिने स्पष्ट पारेका छन् ।

‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ९६० ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

काठमाडौं महानगरपालिका क्षेत्रभित्र राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने उनको भनाइ छ । त्यसैले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबार ९आज०देखि निषेध गरिएको उनले भनेका छन् ।

यसैबीच, पोखरामा पनि भारतीय चलचित्रमा प्रदर्शनमा रोक लगाइएको छ । आइतबार महानगरपालिकाले सिनेमा हलहरूलाई पत्र लेखेर चलचित्र ’आदिपुरुष’मा भएको त्रुटि नसच्चिएसम्म भारतीय फिल्म नचलाउन भनेको हो । पत्रमा ’आदिपुरुष’ मा समावेश ’जानकी भारतकी छोरी हुन्’ भन्ने शब्दावली नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्रभित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको उल्लेख छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्