आज बि.सं. २०८० साल असार ४ गते सोमवारको राशिफल

होस्ट खबर ४ असार २०८०, सोमबार
6 Min Read
Aa

सुर्खेत : २०८० असार ४ गते सोमवार, १९ जुन २०२३ । आषाढ शुक्ल पक्ष प्रतिपदा तिथि, १०ः०८ बजेपछि द्वितीया । आर्द्रा नक्षत्र, १९ः३१ बजेपछि पुनर्वशु । चन्द्रराशि– मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । प्रतिस्पर्धीले हार खानेछन् । परिश्रम परे पनि समय निकै फलदायी रहनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन् । अरूका काममा समय बित्न सक्छ । काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला । आशा देखाउनेहरूले धोका दिनेछन् । प्रयत्न गर्दा केही काम बन्नेछन् । अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख भने पाइनेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । तापनि टाढिएका साथीभाइ नजिकिनेछन् र मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ । कामका लागि निकै दौडधुप गर्नुपर्ला । स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् । सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिनेछ, नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । भौतिक सुविधा जुटाउन सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन आउन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्