कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालक बेपत्ता

होस्ट खबर ३ असार २०८०, आईतवार
1 Min Read
Aa

सुर्खेत : मगुबाट सुर्खेततर्फ जाँदै गरेको ट्याक्टर कालीकोटमा दुर्घटना भएको छ । हिल्सा जमुना कर्णाली करिडोरको कालीकोट बाजुरा सडकखण्ड अन्र्तगत पर्ने कालीकोटको पचालझरना गाउँपालिका वडा नं. ८ मयखोलमा ट्याक्टर दुर्घटना भएको हो ।

मुगुबाट सुर्खेतका लागि छुटेको भे २ प ६८१ नम्बरको ट्याक्टर पचालझरना गाउँपालिकाको मयखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पचालझरनाले जनाएको छ ।

ट्याक्टर दुर्घटना हुँदा चालक मुगुको खत्याड गाउँपालिका वडा नम्बर–६ का तिलकराज बुढथापा कर्णाली नदीमा बेपत्ता भएका हुन् । सडकबाट ट्याक्टर सिधैँ नदीमा खसेकाले चालक बेपत्ता भएको प्रहरीले बताएको हो ।

प्रहरीका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय पचालझरनाको टोली गएको बताइएको छ । ट्याक्टरको पछाडिको भाग बगाएको र चालकसहित अगाडिको भाग नदीमा डुबेको प्रहरीको भनाइ छ ।

कालीकोटमा जेठ महिनामा मात्रै जीप दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका छन् । कच्ची सडक र चालकको लापरबाहीले दिनहुँ कर्णाली करिडोर लगायत करिडोरसँग जोडिएका अन्य सडकहरूमा सवारी दुर्घटना हुने क्रम बढिरहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्