आज बि.सं. २०८० साल असार ३ गते आइतवारको राशिफल

होस्ट खबर ३ असार २०८०, आईतवार
6 Min Read
Aa

सुर्खेत : २०८० असार ३ गते आइतवार, १८ जुन २०२३ । आषाढ कृष्णपक्ष औंसी तिथि, ९ः११ बजेपछि आषाढ शुक्ल प्रतिपदा । मृगशिरा नक्षत्र, १७ः४५ बजेपछि आर्द्रा । चन्द्रराशि– मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । काममा मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । व्यापारमा पनि मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला । अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । काममा सफलता प्राप्त हुनाले थप हौसला जाग्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ । आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला । समयको प्रतिकूलताले काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
थालेको काम परिस्थितिवश पूरा नहुन सक्छ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन् । नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ । तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्याप्रति गम्भीर नहुँदा दुःख पाइनेछ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अतिथिको रूपमा सत्कार पाइएला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ । काममा साथीभाइको सहयोग जुट्नेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ । प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा विशेष फाइदा हुने समय छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
हल्लाको पछि लाग्दा दुःख पाइनेछ । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला । अध्ययनमा समय दिन नसकिएला । परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ । प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन् । परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्